मोटरसाइकल दुर्घटना हुँदा स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडाैं | भदौ ११, २०८२

मोटरसाइकल दुर्घटना हुँदा स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं:  दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।


लामोसाँघु–जिरी सडकखण्डको रमितेडाँडा दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियू सभापति २४ वर्षीय शिरिस बस्नेत र बैतेश्वर–३ का २६ वर्षीय श्यामबहादुर खत्रीको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।


स्ववियू सभापतिसमेत रहेका बस्नेतले चलाएको बा. ३ प ८८९९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा।प्र।०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा दुर्घटना भएको हो।


दुर्घटनाका दुवैजना घाइतेलाई उपचारका लागि चरिकोट लगिएको थियो।प्रहरीका अनुसार चरिकोटको च्छोरोल्पा अस्पताललले मृत घोषणा गरेको हो।


सामान्य घाइते भएका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखरा ।     गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ ।   प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...

थप पढ्नुहोस्

काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

थप पढ्नुहोस्

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्